प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको बताएका हुन् ।
एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।
एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।