logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जेसिबी  पल्टिँदा रुकुममा १ जनाको मृत्यु


अंकुरण खबर
3.341K
Shares

रुकुमपूर्व – जेसीबी पल्टिँदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ ।

बिहीवार भुमे गाउँपालिका-२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा चालक सोही गाउँपालिका-२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो ।

गाउँपालिकाको रा १ २९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिदा चालक बुढाको हात खुट्टा मात्र बाहिर देखिएको र अन्य भाग त्यसकै  टायरले कुल्चिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले अर्को डोजर लगेर बुढाको शव निकालिएको र शव परीक्षणका लागि रुकुमकोट जिल्ला अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।