logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


अंकुरण खबर
689
Shares

सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाटमा लु ३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् ।

ट्याक्टरका सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल भने सामान्य घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको  छ ।

बुधबार दिउँसो १० बजे सल्लेरीबाट सोताङतर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसी दुर्घटना भएको थियो ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।