प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक शुरु भएको छ ।
संसद्बाट एमसीसी पास गर्ने विषय र संसद् सञ्चालनका विषयमा छलफल गर्न पाँचदलीय गठबन्धनको बैठक बसेको हो ।
बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।
यस बैठक लगत्तै मन्त्रिपरिषदको बैठक पनि बस्दै छ । प्रधानमन्त्री देउवाले आज विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्।
सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बस्ने सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।