logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

यौनिक अल्पसंख्यक यौन शोषणको चपेटामा


अंकुरण खबर
2.236K
Shares

काठमाडौं – यौनिक तथा लैङिगक अल्पसङख्यकहरुले आफूहरु यौन शोषणको चपेटामा परेको खुलासा गरेका छन् । मितिनी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा यौनिक अल्पसंख्यकहरुले यस्तो खुलासा गरेका हुन् ।

संघीय संसदको महिला तथा सामाजिक समितिका सांसदहरुसँगको अन्तरक्रियामा आफ्नो पीडा बर्णन गर्दै महिला समलिंगी रन्जना कार्की (नाम परिवर्तन) ले फरक यौनिकताको कारणले आफुले प्रष्ट रुपमा आफ्नो यौनिकताबारे बताउन सकेको वा नसकेको खण्डमा आफ्नो आफ्न्तबाट नै आफुहरुलाई खेलौनाको पात्रको रुपमा हेरेर शिकार हुनुपर्ने कुरा बताइन् ।

उनलाई समाजका ब्यक्तिहरुले हासोको पात्रका रुपमा लिदै आएको र उनीहरुको यौन प्यास मेट्ने ब्यक्तिको रुपमा आफुहरुलाई सोच्दै आफ्नो इच्छा अनि भावना संग पट्क पट्क खेलीरहेको कुरा पनि ब्यक्त गरिन् । कार्कीले फरक यौनिकताको कारणले आफुले प्रष्ट रुपमा आफ्नो यौनिकताबारे बताउन सकेको उल्लेख गरिन् । उनले भनिन्, ‘आफन्तबाटै यौन दूव्र्यवहारको सिकार हुनु परेको मेरो जस्तै घटना अरुको पनि होला ।’ कार्यक्रमका सहभागीहरुले समाजका सदस्यहरुले आफुहरुलाई हाँसोको पात्रका रुपमा लिने गरेको भनेर दुःख प्रकट गरेका थिए ।

सो क्रममा यौनिक अल्पसंख्यकहरुको पहिचान र अधिकार रक्षाको आन्दोलनमा महत्वपूर्ण उपलब्धी हाँसिल भएको संघीय संसदका सांसदहरुले बताएका छन् । उनीहरुले यौनिक अल्पसंख्यकको अधिकार रक्षाको विषय संविधानमै उल्लेख भएका कारण थप अधिकार रक्षाका लागि संघर्ष गरिरहनु पर्ने र आफुहरुले पनि थप सहयोग गर्ने बताए ।

युएन डिपीको सहयोगमा समलिंगी महिलाहरुका लागि काम गर्ने संस्था मितिनी नेपालले बिहीबार राजधानीमा आयोजना गरेको कार्याशालामा संसदको महिला तथा सामाजिक समितिका सांसद् हिरा गुरुङले भने, ‘आमा बाबुको कोखबाट जन्मिएको सन्तान भएका कारण यौनिकता फरक भयो भन्दैमा विभेद गर्न हुदैन् ।

यौनिक अल्पसंख्यकहरुको अधिकार रक्षा हुनुपर्छ भन्ने विषय संविधानमा राखिएको छ । संविधानको धारा १२, १८ र ४२ ले राज्यले संगै बस्ने अधिकार दिएको र आफ्नो चाहना अनुसार टेस्ट्युब बेबी राख्न चाहेमा समाजले नकारात्मक सोच राख्न मिल्दैन ।’ सांसद गुरुङले यौनिक अल्पसंख्यकका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए ।

सांसद नारायणप्रसाद खतिवडाले भने, ‘यौनिक अल्पसंख्यकका विषयमा मलाई धेरै जानकारी थिएन । तर यो विषय यति धेरै गम्भीर रहेछ भन्ने आज थाहा पाएँ । म आफ्नो समितिमा यस बारेमा छलफल गर्ने, यो समुदायका मानिसहरुको अधिकार रक्षाका लागि गर्नुपर्ने पहल गर्ने वाचा गर्छु ।’ उनले नेपालका संविधानहरु क्रमशः जनअधिकार रक्षाको मामिलामा अगाडि बढिरहेको दावी गरे ।

संविधानमा मात्रै यौनिक अल्पसंख्यकको अधिकारको कुरा उल्लेख गरेर अधिकार सम्बन्धित समुदायले नपाउने भन्दै सांसद रुही नाजले परिवारले समाजको डरले स्विकार नगर्दैमा आफूलाई कमजोर नठान्न आग्रह गरे । उनले आमा र बाबाको कोखबाट जन्मेका सन्तानलाई विभेद गरेमा आफ्नै कोखलाई आफैले गाली गरेको कुरा प्रष्ट पारे ।  उनले सन्तान जुन सुकै लिंगका भए पनि बाबुआमाले बराबर माया गर्नुपर्ने बताए।

महिला तथा सामाजिक समितिका सांसद कृण्णबहादुर राईले जुनसुकै अल्पसंख्यक समुदायले पनि अधिकार पाउनु पर्ने र संविधान निर्माणमा असन्तृष्टि रहे पनि अन्त्यमा स्विकार गरेर दलहरु अगाडि बढेको उल्लेख गर्दै हरेक नागरिकले संविधानमा अपनत्व महशुस गर्नु पर्ने बताए । नागरिकलाई स्वतन्त्रता पनि चाहिने र उनीहरुको आवश्यकता पनि पूरा हुनु पर्ने गरी नीति बनाइनु पर्नेमा सांसद राईले जोड दिए ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानको सभापतित्वमा भएको कार्यशालामा यौनिक अल्पसंख्यकहरुले आफूहरुले भोगिरहेका अनेकन समस्या सुनाएका थिए । उनीहरुले पहिचान, नागरिकता, शिक्षा, उपचार, व्यक्ति व्यक्ति बिचको विवाह र गोपनियता जस्ता विषयमा सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।