संखुवासभामा भएको ६ जनाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज सार्वजनिक गर्न लागिएको हो ।
पक्राउ परेका ती युवक मृतकका भतिजो नाता पर्ने हुन् । आरोपी कार्कीको पुरै परिचय र घटनाको विषयमा विस्तृत जानकारी चैनपुरमा आज हुने पत्रकार सम्मेलनमा जानकारी गराइने संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।
मादी नगरपालिका–१ खोलागाउँमा गत सोमबार तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या भएको थियो ।