logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता गठबन्धनको बैठकः मन्त्रिपरिषद विस्तारमा जुटेन सहमति


अंकुरण खबर
806
Shares

सत्तारुढ गठबन्धनको आज बसेको बैठकले पनि मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटाउन सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसकेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने बताए ।

उनले आजको बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको जानकारी दिँदै सैद्धान्तिक विषयमा सहमति भएपनि प्राविधिक विषय मिलाउन बाँकी रहेको बताए ।

देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले शुक्रबारको बैठकमा सबै पार्टीलाई आफ्नो आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याउन आग्रह गरेका थिए ।