logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजेन्द्र महतो, महन्त ठाकुरसँग एमसीसी उपाध्यक्ष फतिमाको भेट


अंकुरण खबर
1.079K
Shares

नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेकी छन ।

पछिल्लो समय नेपालका शीर्ष राजनीतिक नेतृत्वसँगको भेटघाटलाई तिव्रता दिएकी उनी आज नेता महतो र ठाकुरलाई भेटेर एमसीसी कार्यान्वयनबारे भूमिका खेलिदिन आग्रह गरेकी हुन ।

भेटका क्रममा एमसीसीबारे छलफल भएको जनाइएको छ ।

यसअघि फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका नेता उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटवार्ता गरिसकेकी छन् ।