पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुल ११ हजार १८ जनामा कोरोना परिक्षण भएको मध्ये पीसीआर परीक्षणमा ८३८ जना र एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ भने १४२३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, गत २४ घण्टामा १० हजार ४४९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
अहिलेसम्म आईसीयूमा ४५४ जना, भेन्टिलेटरमा १४० जना, होम आइसोलेशनमा २५,१७१ जना, संस्थागत आइसोलेशनमा १,५८६ र क्वारेन्टाइनमा ३२१ जना रहेको तथ्यांकमा उल्लेख छ ।