काठमाडौं उपत्यकामा मात्रै ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८७ जना, ललितपुरका ५६ जना र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ भने १४२३ जना संक्रमणमुक्त भएका छन् ।