logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मौसममा बदली, वर्षासँगै हिमपातको सम्भावना, कहाँ कहाँ ?


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

पूर्वी भेगका थोरै स्थान र मध्य पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।