logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु, एमालेका प्रतिनिधि अनुपस्थित


अंकुरण खबर
2.054K
Shares

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा  सर्वदलीय बैठक सुरु भएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा शुरु भएको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा रहेका दलका शीर्ष नेताहरु सहभागी भएका छन।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन ।

प्रमुख विपक्षी दल नेकपा एमालेले भने आफ्नो प्रतिनिधि पठाएको छैन । एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै बैठकमा सहभागी नहुने यसअघि नै बताइसकेको थियो ।