logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


अंकुरण खबर
1.664K
Shares

जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् ।

जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताए।

घाईतेको छ जनाको अहिले जिल्ला अस्पताल जाजरकोट लगिएको छ । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।