logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

उकालो लाग्यो सुनको मूल्य


अंकुरण खबर
806
Shares

काठमाडौं – सुनको मूल्यमा एकै दिन प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा भारी बृद्धि भएको हो ।

शुक्रबार छापावाला सुन तोलामा ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन तोलामा ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रवार तेजावी सुनको मूल्य  तोलामा ७० हजार सात सयमा कारेबार भैरहेको छ ।

उता, सुनको मुल्यसँगै चाँदीको मूल्यमा समेत बृद्धि भएको छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।