logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुलुकको विकास र सार्वभौमसत्ताका लागि कम्युनिष्ट सरकारको विकल्प छैन : ओली


अंकुरण खबर
832
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि कम्युनिष्ट सरकारको विकल्प नभएको बताएका छन् ।

एमालेले बुधबार बुटवलमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका हुन् ।

‘हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ’, ओलीको भनाइ थियो ।

सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा पनि कम्युनिष्ट नै आवश्यक रहेको उनले बताए ।

कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको ओलीको टिप्पणी थियो ।