logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाडबाड लक्षित गरि भोलिदेखि यी स्थानमा सुपथ मूल्य पसल सञ्चालन


अंकुरण खबर
1.521K
Shares

प्रत्येक वर्ष दशैं तिहार लक्षित गरि सरकारी स्वामित्वमा सञ्चालित संस्थानहरुले यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् ।

अशोज १ अर्थात भोलीदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिएकी छिन् ।

त्यस्तै उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ ।

यस वर्ष कात्तिक २४ गतेसम्म सञ्चालन पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा कम्पनिले १० रुर्पैंया छुट दिनेछ । जनस्वास्थ्यका मापदण्ड अप्नाएर लाभ लिन कम्पनिले सबै उपभोक्तामा आग्रह गरेको छ ।

खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् ।