logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीन भन्छः कुनै पनि देशमा बाह्य शक्तिहरुलाई हस्तक्षेप गर्न दिनु हुँदैन


अंकुरण खबर
1.352K
Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङले सांघाई सहयोग संगठनको बैठकमा बाह्य शक्तिशरुलाई कुनै पनि देशमा हस्तक्षेपको अनुमति दिन नहुने बताएका छन्।

ताजकिस्तानमा जारी सम्मेलनमा सामिल भएका राष्ट्राध्यक्षहरुलाई भिडिओमार्फत् सम्बोधन गर्दै सीले यस्तो बताएका हुन्।

चीनले अफगानिस्तानमा तालिबानको शासनलाई मान्यता दिएको छ र सहयोग गर्ने वाचा गरेको छ। सोही सन्दर्भमा उनले भनेका छन्,‘हरेक राष्ट्रलाई आफ्नै ढंगको शासन व्यवस्था छान्ने अधिकार हुनुपर्छ र उसलाई आफ्नो बाटो खोज्न बलियो मद्दत मिल्नुपर्दछ।’

देशको भविष्य तय गर्न र विकासको जिम्मा त्यहाँकै नेताहरुलाई दिइनुपर्ने पनि सीको भनाइ छ। बीबीसी