logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बलात्कृत पूजाले पाइन ८ वर्पपछि न्याय


अंकुरण खबर
1.131K
Shares

????????????????????????????????????

काठमाडौं – आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले ८ वर्षपछि न्याय पाएकी छिन् । उनले लामो समयपछि सर्वोच्च अदालतबाट न्याय पाएकी हुन् ।

सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै उनलाई न्याय दिएको हो । अन्यायमा परेकी पूजाको लागि ८ वर्षपछि खोलो फर्किएको छ । २०६८ चैतमा एसएलसी परीक्षाका लागि गणितको गेसपेपर किन्न पाटन बजारमा पुगेकी पूजालाई सामूहिक बलात्कार गरिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले बिहीबार सुनुवाइ गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको छ ।

फौजदारी नयाँ संहिता आएसँगै दोषी ठहर भएका दुवै जनालाई नयाँ कार्यविधि र पुरानो कानुनअनुसार दण्डसजाय निर्धारण गर्नेछ ।

अदालतले ३० दिनभित्र दोषी ठहर भएकालाई अर्को पेसी तोकेर सजाय निर्धारण गर्ने जनाएको छ ।