logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थपिए १,५५८ कोरोना संक्रमित, १० जनाको मृत्यु


अंकुरण खबर
715
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा १,५५८ जना कोरोना संक्रमित थपिएका छन्।

८,६६५ जनामा गरिएको पिसिआर परीक्षणबाट १,०८६ र ३,७२० जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८३,०७५ जनामा र एन्टिजेन परीक्षणबाट ८८,६५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालया अनुसार पछिल्लो २४ घन्टामा १,३५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,४६,५६६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,०१२ पुगेको छ।

अहिले देशभरिमा २५,४९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।