logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा बँदेल मार्न थापिएको करेन्टमा परेर एकै परिवारका तीन जनाको मृत्यु


अंकुरण खबर
689
Shares

बर्दियामा बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

शुक्रबार राति १० बजेको समयमा विद्युतीय करेन्टमा परेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो।

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले जानकारी दिएका छन्।

बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।