नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो साता भित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।
जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण पछि आज अध्यक्ष प्रचण्डले असोजको यही साता सरकारले पूर्णता पाउने दावी गरे ।
उनले बाहिर हल्ला भएजस्तो गठबन्धनमा ठुलो मतभेद भएर सरकारले पूर्णता पाउँन ढिला भएको नभै आन्तरिक छलफलमा लागेकाले केही समय ढिला भएको जीकिर गरेका छन् । जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टी लगाएत गठबन्धन सरकार बिस्तारको विषयमा सहमत भएकाले अब यही ४,५ गते सरकारले पूर्णता पाउँनेमा कुनै शंका नरहेको अध्यक्ष प्रचण्डको दाबी थियो ।