logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज एमाले स्थायी कमिटी बैठक बस्दै, विधान महाधिवेशन विषयमा छलफल हुने


अंकुरण खबर
1.612K
Shares

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज दिउसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा विधान महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

एमालेको विधान महाविधेशन असोज १५ देखि १७ गतेसम्म गर्ने तय भएको छ । त्यसको तयारीका विषयमा आजको बैठकमा छलफल हुने भएको छ ।

यसअघि केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक र संगठनात्मक प्रतिवेदन पेश गरिएको थियो । तिनै प्रतिवेदन स्थायी कमिटी बैठकमा पनि पेश हुने एमालेले जनाएको छ ।