logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक हप्ताभित्र सरकारमा जान्छौं, प्रदेश १ र वाग्मतीमा पनि नयाँ सरकार छिट्टै बन्छ : नेपाल


अंकुरण खबर
754
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई अब छिट्टै पूर्णता दिनेगरी एक हप्ताभित्र सरकारमा सहभागी हुने जानकारी दिएका छन् ।

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए ।

‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

उनका अनुसार प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको सुनाए । ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ उनले भने ।

गण्डकी प्रदेशमा भने ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उनले बताए । ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’

उनले पार्टीमा मन्त्री को बन्ने भन्ने विषयमा पनि कुनै विवाद नभएको स्पष्ट पारेका छन् । गठबन्धनमा पनि यसप्रकारको समस्यानभएको भन्दै केही प्राविधिक विषयका कारण सरकारले पूर्णता पाउन ढिलाई भएको बताए ।