logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आजबाट भेरोसेल लगाइने, कति वर्ष उमेरकाले कहाँ-कहाँ लगाउन पाउँछन् खोप ?


अंकुरण खबर
975
Shares

आजबाट कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाउँने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज(सोमबार)देखि विभिन्न जिल्लामा कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाए अनुसार चार उमेर समूहलाई जिल्ला अनुसार छुट्टाई खोप दिने छ । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने डा. अधिकारीले  बताए ।

अब ११ दिनसम्म लगाइने खोपमा काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

यस्तै काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिकलाई खोप दिइने र १८ वर्ष माथिका विद्यार्थी सबैलाई खोप दिइने छ ।

मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका विद्यार्थी सबैलाई खोप दिइने छ ।

साथै अग्रपङ्क्तिमा खटिने पहिले खोप लगाउँन छुटेका सबै व्यक्तिलाई खोप लगाइने छ । ।

अहिले पहिलो डोज लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः दोस्रो डोज लगाइने मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा भने दुई लाख ४० हजार जनाले भेरोसेलको दोस्रो डोज लगाउन बाँकी रहेकाले अहिले दोस्रो डोज लगाइने छ । खोप लगाउन जाँदा अनिवार्य आफ्नो परिचय खुल्ने कागजात र दोस्रो डोज लगाउँनले पहिलेको कार्ड लिएर जान मन्त्रालयले सबैलाई अपिल गरेको छ ।