नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
आज छापावाला सुन तोलामा दुई सय रूपैयाँ घटेर प्रतितोला ८८ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।