logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादी केन्द्रीय समितिको पहिलो बैठक बस्दै, यस्ता छन् एजेण्डा


अंकुरण खबर
741
Shares

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।

बैठक क्वालिटी ब्यांकेट बुद्धनगरमा दिउँसो २ बजे बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।

पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ ।

साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ । उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न पनि कार्यसूची छ । बैठक बुधबारसम्म चल्ने छ ।

बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ ।