logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दुई करोड ६७ लाख नगदसहित महाराजगञ्जबाट २५ जना पक्राउ


अंकुरण खबर
1.157K
Shares

काठमाडौंको महाराजगञ्जबाट दुई करोड ६७ लाख रुपैयाँसहित प्रहरीले २५ जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् ।

जुवामा पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको  छ ।