logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्वस्थ शरीरको लागि कति महत्वपूर्ण छ भिटामिन डी ?अभावमा हड्डी भाँचिने देखि डिप्रेसनसम्म …


अंकुरण खबर
1.3K
Shares

मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ ।

अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ ।

तपाईं–हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ । शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन् जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ ।

शरीरमा भिटामिन डीको कमी हुदाव देखिने लक्षण

१. दुखाइ :

शरीरमा रहेको हड्डीमा कहिलेकाहीँ दुखाइ हुनु असामान्य होइन । विभिन्न कारणले हड्डी दुख्न सक्छ । यो सबै उमेरका मानिसमा हुन सक्छ तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ । लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा भिटामिन डीको कमीका कारणले भएको हुन सक्दछ । यदि यस्तो समस्या देखिएमा शरीरमा भिटामिन डीको परीक्षण गर्नुपर्छ ।

२. पसिना धेरै आउनु :

गर्मीको समयमा हामी सबैलाई पसिना आउँछ । कुनै काम गर्दै गर्दा, खेल खेल्दा वा जिममा शारीरिक व्यायाम गर्दा पसिना आउनु सामान्य हो । यस्तो समय आउने पसिनामा चिन्ता गर्नुपर्दैन । तर, यदि यत्तिकै बस्दा पनि वा सामान्य अवस्थामा पनि पसिना आउँछ भने त्यसको ख्याल गर्नुपर्छ । शरीरमा भिटामिन डीको कमीका कारण पनि यस्तो समस्या भएको हुन सक्छ । यदि त्यस्तो समस्या भयो भने डाक्टरको सम्पर्कमा जान आवश्यक छ ।

३. डिप्रेसन :

शरीरमा भिटामिन डीको धेरै कमी भएको छ भने मुडलाई समेत असर गर्न सक्छ । यस्तै, भिटामिन डीको कमीकै कारण डिप्रेसन हुन पनि सक्छ । यदि समयमै यसको उपचार नगरिए यसले अरू ठूलो समस्या निम्त्याउन पनि सक्छ । त्यसैले शरीरमा भिटामिन डीको अवस्थाबारे नियमित परीक्षण गरिरहनुपर्छ ।

४.कमजोरी :

शरीरमा भिटामिन डीको कमी भएको छ भने पनि अनपेक्षित रूपमा कमजोरी महसुस हुने गर्छ । शरीरको मसल्स फिट राख्न शरीरमा भिटामिन डी पर्याप्त हुन आवश्यक छ । यसले सामान्य चेटपटकबाट समेत बचाउँछ । अध्ययनहरूले यो देखाएको छ कि थप भिटामिन डी लिँदा भिटामिन डीकै कमीका कारण कमजोर भएको मसल्स ६ महिनामै फेरि पुरानै अवस्थामा फर्कनेछ ।

५. कमजोर हड्डी :

भिटामिन डीले मानव शरीरमा रहेको हड्डीलाई बलियो र स्वस्थ्य बनाइराख्ने काम गर्छ । यदि शरीरको कुनै पनि हड्डी भाँच्चियो भने, सम्झनुहोस् शरीरमा भिटामिन डीको कमी भएको छ । शरीरमा भिटामिनट डीको कमी भएका कारण हड्डीमा यस्तो समस्या आउन सक्छ । वृद्धवृद्धाहरूमा यो समस्या अझै बढी हुन सक्छ । विशेष गरी बढी उमेरका मानिसले शरीरमा भिटामिन डीको मात्रा आवश्यकअनुसार रहे–नरहेको निश्चित गर्न आवश्यक छ । एजेन्सीको सहयोगमा