logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको पिथौरागढमा तीन नेपालीको विभत्स हत्या


अंकुरण खबर
806
Shares

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ।

उनीहरुको  शुक्रबार हत्या भए पनि आइतवार मात्रै जानकारी भएको छ। बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हरे र बीरा सहदोर दाजुभाइ हुन् ।  उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्ष यतादेखि मजदुरी गर्दै आइरहेको परिवारले जनाएको छ।

हरे बोहराकी श्रीमती किर्रा बोहरा फरार रहेकीले घटनाको उनको संलग्नता हुन सक्ने आशंका गरिएको छ।  मृतकहरुको शव पिथौरागढ जिल्ला अस्पतालमा राखिएको र सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने जनाइएको छ। तीनै जनाको सामूहिक हत्या भएकाले कसले गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन ।