logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादी : महासचिवमा भुसाल, खतिवडा र झाँक्रीसहित चार सचिव चयन


अंकुरण खबर
1.313K
Shares

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी महासचिवमा बेदुराम भुसाल चयन भएका छन्।

यस्तै, पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई छन्। उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।

त्यस्तै समाजवादीले सचिव पनि चार जना बनाएको छ। सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री रहेका छन्।