logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोबाइल चोरीको आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
793
Shares

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन्।

दिनलाई घटनास्थलबाटै र सो घटनामा संलग्न रहेको आरोपमा कुरेसीलाई खोजतलास गर्दै जाँदा बर्दिया बढैयाताल गाउँपालिका – ३ भोलागौडी बजार नजिकबाट चोरी भएका चार थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताए।

पक्राउ परेका दुवै जनालाई बर्दिया जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।