नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकको बृद्धि भएको छ ।
आज नेप्से २.७० अंकले बढेर दुई हजार ८ सय १९ दशमलब ६६ विन्दुमा पुगेको हो । आज ७ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ र फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् ।
कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज ३४ करोड भन्दा बढीको कारोबार भएको छ ।