logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनका प्रतिवेदनमाथि छलफल हुने


अंकुरण खबर
741
Shares

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने जानकारी दिए ।

तामाङका अनुसार बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।