logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

‘भाइटीकामा सप्तरंगी होइन, पाँच प्रकारका रंग मात्र’


अंकुरण खबर
7.878K
Shares

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन रहेपनि शास्त्रीय मान्यता अनुसार पाँच प्रकारका टीका मात्र प्रयोग गर्न हुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको जानकारी दिए । टीकाको दिन अधिकांशले सप्तरंगको प्रयोग गर्दै आएका छन्।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ।