logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

माडीको क्रिया खोलामा एक बालकको शव फेला


अंकुरण खबर
1.625K
Shares

चितवनको माडीमा एक बालक मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका–५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

शनिबार साझँदेखि घरमा नभएका माडी नगरपालिका–५ राधापुरका सुदिप दराई आइतबार बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव निरीक्षक उमेश कोइरालाले जानकारी दिए ।

दराईको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । दराई भिरबाट लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।