प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।
अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न गठबन्धनको बैठक बसिरहेको हो ।
आज बिहान १० बजेका लागि बोलाइएको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागि छन् ।
आजको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।