logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलमा रोजगारीका लागि विभागद्वारा एक हजार ६ सय जनाको नाम सिफारिस


अंकुरण खबर
1.014K
Shares

वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार ६ सय जनाको नाम सिफारिस गरेको छ ।

विभागले आइतबार भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय जनाको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो।

विभागले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको छ । इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ ।

त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।