पशुपतिनाथ मन्दिर परिसरमा बाबामाथि खुकुरी प्रहार भएको छ ।
एक अपरिचित व्यक्तिले बाबालाई खुकुरी प्रहार गरेका हुन् । उनले बाबालाई चरेस दिन भनेको तर बाबाले ुछैनु भनेपछि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले खुकुरी प्रहार गरेर भाग्ने क्रममा उनलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार विश्वरूपमा मन्दिरनजिकै ३५ वर्षीय सन्तोष बाबा शौचालयतर्फ जाँदै गरेको बेलामा खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारबाट घाइते भएका बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।