logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले अध्यक्ष ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्दै


अंकुरण खबर
1.144K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।

मंगलबार अपरान्ह ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेका हुन् ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको नेता खिमलाल भट्टराईले बताए ।