नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
आज छापावाला सुन प्रतितोला ३ सयले घटेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।
मंगलबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाले घटेर प्रतितोला एक हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।