logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध सर्वोच्चमा परेको रिटको पेसी आज


अंकुरण खबर
897
Shares

परराष्ट्रमन्त्री डा.नारायण खड्काको मन्त्री पदको शपथ गैरकानूनी भएको भन्दै बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटको आज पेसी तोकिएको छ ।

डा.खड्काको शपथ कानुनी व्यवस्था बाहेक भएको भन्दै मंगलबार अधिवक्ता विशाल न्यौपानेले सपथ बदरको मागसहित सर्वोच्वमा रिट दायर गरेका थिए ।

असोज ६ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा.खडकालाई शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नगराए बैधानिकता नहुने भन्दै अधिवक्ता न्यौपानेले रिट दायर गरेका थिए ।

परराष्ट्रमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले नियुक्त भएकै दिन पद तथा गोपनियताको शपथ ग्रहण गरी डा.खड्का अमेरिका गएका थिए ।