logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा


अंकुरण खबर
754
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्न लागेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेताहरुले जानकारी दिएका छन् ।

यसअघि हिजो दिउँसो ३ बजेका लागि तय गरिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण आजका लागि सारिएको हो ।

पार्टीको राष्ट्रिय सम्मेलनको तयारीका बारेमा बैठकमा छलफल केन्द्रीत हुने जनाइएको छ । पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ ।

गत सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि सामान्य समिक्षा हुने नेताहरुले जानकारी दिएका छन् ।