नेकपा माओवादीको जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ सौं राष्ट्रिय सम्मेलन बिहीबार(आज)देखि राजधानीमा सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रज्ञा भवनमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अध्यक्षका लागि सुरेन्द्र बस्नेत,पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी र विजय गौतम आकाङ्क्षी छन् ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले यो राष्ट्रिय सम्मेलनबाट बिदा लिँदैछन् ।
सकेसम्म सहमति नभए चुनावमार्फत नेतृत्व चयन गर्ने तयारी अखिल क्रान्तिकारीको छ । सम्मेलन असोज १६ गतेसम्म चल्नेछ।