logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्याग्दी र बाग्लुङमा भूकम्पको धक्का


अंकुरण खबर
1.235K
Shares

म्याग्दी र बाग्लुङको पश्चिमी क्षेत्रमा शुक्रबार बिहानै भूकम्प गएको छ।

बिहान ३ः५१ बजे बाग्लुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरंजलगायतका ठाउँमा एकाबिहानै गएको भूकम्प जाँदा स्थानीय त्रसित बनेको अर्मनका उमेश सापकोटाले बताए। त्यसैगरी बाग्लुङ, गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भएको छैन। केही महिनाअघि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङलाई केन्द्रिविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।