नेपाली बजारमा हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।
केही दिन लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो छापावाला सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।