logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुरू


अंकुरण खबर
2.314K
Shares

नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुरू भएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् ।

१५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ ।

देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएको महाधिवेशनमा कडा सुरक्षा व्यवस्था गरिएको छ । प्रहरीका उच्च अधिकारीहरु समेत सम्मेलनस्थलमा खटिएका छन्।

महाधिवेशन प्रतिनिधिहरुलाई कडा सुरक्षा जाँच र खानतलासीपछिमात्र भित्र प्रवेश दिइएको छ । पार्टीका नेता र मुख्यमन्त्री समेत चेकिङमा परेका छन् ।