logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार पूर्वप्रधानन्यायाधीशविरुद्धको रिट सर्वोच्चद्वारा खारेज


अंकुरण खबर
728
Shares

अदालतको अवहेलना गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको रिट खारेज गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले आज (शुक्रबार) चारैजना पूर्वप्रधानन्यायाधीशलाई सफाइ दिएसँगै सो मुद्दा खारेज भएको हो।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुस ५ गते पहिलोचोटि प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई असंवैधानिक भएको दाबी गर्दै चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति नै जारी गरेका थिए।

विज्ञप्ति जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले अवहेलना मुद्दा दायर गरेका थिए।

उक्त निवेदनमाथि बहस भइसकेपछि प्रधानन्यायाधीश जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले दाबी नपुग्ने भन्दै रिट खारेज गर्ने फैसला सुनाएको हो।

चार पूर्वप्रधानन्यायाधीशका तर्फबाट कानुन व्यवसायहिरू हरिहर दाहाल, शम्भु थापा, चन्द्रकान्त ज्ञवाली, ओमप्रकाश अर्याल, मोहना अन्सारी, प्रकाश महर्जन, पुन्देवी महर्जनलगायतले बहस गरेका थिए।