logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल हुँदै


अंकुरण खबर
1.807K
Shares

नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशन अन्तर्गत आज समूहगत छलफल सुरु हुँदैछ ।

महाधिवेशनमा पेस भएको प्रतिवेदनमाथि आज दोस्रो दिन बिहान ८ बजेदेखि विभाजित १० समूहमा समूहगत छलफल सुरु गरिने छ ।

अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्ने गरी प्रतिनिधिलाई समूहमा बाँडिएको हो ।

एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ । १० वटा समूहलाई छलफलका लागि आज आठ बजेदेखि चार घण्टा समय दिइएको छ ।

महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागि रहेका छन् ।