logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुर्घटनामा घाइते युवकको उपचारको क्रममा मृत्यु


अंकुरण खबर
676
Shares

झापामा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

शनिबार अपराह्न भएको दुर्घटनामा घाइते शिवसताक्षी नगरपालिका–११ का ३५ वर्षीय लक्ष्मी भण्डारीको आइतबार बिहान मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–११ शिवचोक उत्तरबाट दक्षिणतर्फ बाटो पार गर्दै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको प्र १ –०१–०१२ प ७८१९ नम्बर मोटरसाइकलले ठक्कर दिएको थियो । साइकल चालक शिवसताक्षी ११ बस्ने वर्ष ५५ का रामचन्द्र कट्टेल सामान्य घाइते भएका थिए ।

ठक्कर दिने मोटरसाइकलमा सवार भण्डारी घाइते भएका थिए । उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक शिवसताक्षी ७ बस्ने वर्ष २५ का सुवास भण्डारी पनि घाइते भएको र उनको अवस्था पनि सामान्य रहेको प्रहीले जनाएको छ ।