logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सल्यानमा माइत हिँडेकी महिलाको रहस्यमय मृत्यु


अंकुरण खबर
1.352K
Shares

सल्यानमा माइत हिँडेकी एक महिलाको रहस्यमय मृत्यु भएको छ।

बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु भएको हो।

उनी शनिबार सोही वडामा रहेको माइती ज्यूला जान भनेर घरबाट हिँडेकी थिइन्। घरदेखि दुई किलोमिटर टाढाको ठाँटीचौर भन्ने स्थानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘घटनाको प्रकृति हेर्दा हत्याको आशंका छ। तर अनुसन्धान नगरी केही भन्न मिल्दैन।’

घटना रहस्यमय भएको आशंकामा प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको छ।